Logo

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, सीसीएमसीको निषेधाज्ञासम्बन्धी थप सिफारिसमा निर्णय गर्ने

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक, सीसीएमसीको निषेधाज्ञासम्बन्धी थप सिफारिसमा निर्णय गर्ने



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ४ बजे बस्ने भएको छ । हालसम्म बैठकका एजेण्डा नखुलाइएको भएपनि आजको बैठकमा कोरोना महामारी नियन्त्रण, रोकथाम र उपचारमा छलफल केन्द्रीत हुन सक्ने र आवश्यक निर्णय आउन सक्ने बालुवाटार स्रोतले बताएको छ ।

बैठकले कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिसलाई पारित गर्ने सम्भावना रहेको छ । सीसीएमसीले निषेधाज्ञाको समयमा गाडीको चापलाई कम गर्न बैंक तथा वित्तीय संस्थाका एक चौथाई शाखाहरु मात्रै सञ्चालन गर्न सिफारिस गरेको छ । त्यसमा पनि एक चौथाई कर्मचारी राख्नुपर्ने र त्यसको सहजीकरण नेपाल राष्ट्र बैंक गर्नुपर्ने भनिएको छ ।

सीसीएमसीले सरकारी कार्यालयमा पनि एक चौथाई मात्रै कर्मचारी राखेर सञ्चालन गर्न सिफारिस गरेको छ । यस्तै बैठकले होटेल क्वारेन्टिन नियम पालना नगर्नेलाई कानुनबमोजिम जरिवाना गर्ने तथा होटेल क्वारेन्टिननको व्यवस्थापनमा लापरबाही गर्ने सम्बन्धित होटेल सञ्चालकलाई पनि कारबाही गर्न सिफारिस गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL