Logo

काठमाडौंमा आजदेखि निषेधाज्ञा थप कडा, बैंक तथा वित्तीय संस्थालाई कम शाखा सञ्चालन गर्न निर्देशन

काठमाडौंमा आजदेखि निषेधाज्ञा थप कडा, बैंक तथा वित्तीय संस्थालाई कम शाखा सञ्चालन गर्न निर्देशन



काठमाडौं । उपत्यकामा जारी निषेधाज्ञा आइतबारबाट थप कडाइ गरिने भएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले काठमाडौँ उपत्यकामा कोभिड–१९ सङ्क्रमण भयावह बन्दै गएसँगै आइतबारबाट निषेधाज्ञा थप कडाइका साथ लागू गरिने जानकारी दिए ।

उनले पत्रकारको सवारीमा कडाइ गर्दै सूचना विभागको पास अनिवार्य मागिने बताए । बैंक तथा वित्तीय संस्थालाई कम शाखा सञ्चालन गर्न भनिएको छ । सरकारी सवारी साधन बिदा र शनिबारको दिन पूर्णरुपमा निषेध गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोलीले शनिबार निषेधाज्ञा पालना भए नभएको सम्बन्धमा बिहान कोटेश्वरदेखि बालाजुसम्म र कलङ्कीदेखि चाबहिलसम्म अनुगमन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL