Logo

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल दिए राजीनामा, आजै हुँदै थियो अविश्वास प्रस्ताव दर्ता

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल दिए राजीनामा, आजै हुँदै थियो अविश्वास प्रस्ताव दर्ता



काठमाडौं । आफुविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुनुअघि नै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएका छन् । मुख्यमन्त्री पोखरेलले केहीबेर अघि प्रदेश प्रमुख धर्मनाथ यादवलाई भेटेर राजीनामा बुझाएका हुन् ।

नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न भन्दै मुख्यमन्त्री पोखरेलले राजीनामा दिएको प्रदेश प्रमुख कार्यालय स्रोतले जानकारी दिएको छ।

उनीविरुद्ध नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वास प्रस्ताव दर्ता गरेका थिए । उनीविरुद्धको अविश्वास प्रस्ताव आज प्रदेश सभामा पेश हुन लागेको छ। उनले प्रदेश सभाको बैठक बस्नु अघि नै राजीनामा दिएका हुन् । प्रदेश सभाको बैठक आज दिउसो १ बजे बस्न लागेको छ।

प्रतिक्रिया दिनुहोस्