Logo

थप ५ हजार ७ सय ६३ जनामा कोरोना पुष्टि : १९ जनाको ज्यान गयो, ११० जना भेन्टिलेटरमा

थप ५ हजार ७ सय ६३ जनामा कोरोना पुष्टि : १९ जनाको ज्यान गयो, ११० जना भेन्टिलेटरमा



काठमाडौं । पछिल्लो २४ घण्टामा थप पाँच हजार सात सय ६३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १४ हजार नौ सय ६९ पीसीआर परीक्षण गर्दा ५७ सय ६ र पाँच सय ६६ एन्टिजेन परीक्षण गर्दा ५७ जनामा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । २४ घण्टामा परीक्षण गरिएकामध्ये झण्डै ४० प्रतिशतमा कोरोना देखिएको छ ।

काठमाण्डौ उपत्यकामा मात्रै २४ सय ९५ जना सङ्क्रमित थपिएका छन् । काठमाण्डौमा १९ सय ३२ जना, ललितपुरमा तीन सय ५५ र भक्तपुरमा दुई सय ८ जनामा कोरोना पुष्टि भएको छ आज थपिएकासँगै नेपालमा कोरोना पुष्टि हुनेको संख्या तीन लाख २८ हजार आठ सय ९३ पुगेको छ ।

यस्तै १२ सय ८७ जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको संख्या दुई लाख ८२ हजार तीन सय ८२ पुगेको छ । यस्तै कोरोनाका कारण थप १९ जनाको ज्यान गएको छ । अहिलेसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३२ सय ९८ पुगेको छ । अहिले ४३ हजार दुई सय १३ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

यस्तै देशभर हाल पाँच सय बढी कोरोना संक्रमित अस्पतालको आईसीयू र भेन्टिलेटरमा छन् । ४०१ आईसीयू र ११० जना भेन्टिलेटरमा गरी ५११ बिरामी उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा ४६ आईसीयू र १० भेन्टिलेटरमा, प्रदेश २ मा २४ आईसीयू र २ भेन्टिलेटरमा छन्। बागमती प्रदेशमा १९६ आईसीयू र ६३ जना भेन्टिलेटरमा छन्।
गण्डकी प्रदेशमा ५ जना आईसीयू र १ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ७७ जना आईसीयू र १९ जना भेन्टिलेटरमा, कर्णालीमा ३१ जना आईसीयू र ७ जना भेन्टिलेटरमा सुदूरपश्चिम प्रदेशमा २२ जना आईसीयू र ८ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL