Logo

मंगलम उद्योगको कारखानामा आगलागी, ७ करोडसम्म क्षतिको अनुमान

मंगलम उद्योगको कारखानामा आगलागी, ७ करोडसम्म क्षतिको अनुमान



काठमाडौँ । मंगलम उद्योग प्रा।लि।को सिद्धार्थ नगर कारखानामा गत मंगलबार बिहान भएको आगलागीमा ५ देखि ७ करोडसम्मको क्षतिको अनुमान गरिएको छ ।

कम्पनीले एक विज्ञप्ति जारी गर्दै मंगलबार बिहान १० बजे नजिकैको मैदानमा पराल जलेको कारण आगो शुरू भएको थियो र करिब ५ देखि७ करोडसम्मको उत्पादन र गोदाम शेडमा आगोले क्षति पुर्याएको जानकारी दिएको हो ।

मंगलम उद्योग नेपालको पहिलो सिपिभिसि पाइप र फिटिंगस् उत्पादक तथा नेपालको पोलीमर पाइपिंग प्रणालीका अग्रणी उत्पादक र निर्यातकर्तासमेत हो । थप क्षतिको अनुमान अझैँ भइनसकेको कम्पनीले जनाएको छ ।

मंगलम उद्योग प्राइवेट लिमिटेडका प्रबन्ध निर्देशक अभिनव चुरीवालले उद्योगमा रहेका सामग्री लगायतका विभिन्न संरचनाहरू आगलागीबाट क्षतिग्रस्त भएको बताएका छन् ।

उनले भने “हामीले उद्योगमा उचित फायर प्रोटोकलको पालना गरे तापनि यो घटनालाई रोक्न भने सकेनौँ। तर फायर प्रोटोकलहरू प्रतिको हाम्रो कट्टर पालनाको कारणले क्षति केही हदसम्म कम भएको छ र दुर्घटनाको क्रममा कोही पनि घाइते भएको छैन ।”

आगो निभाउने उपकरणहरू प्रयोग गरेका कारखानाका कर्मचारीहरूको कडा परिश्रमबाट र सिद्धार्थ नगरपालिकाको फायर ब्रिगेड टीम, नेपाल पुलिस, नेपाली सेना र स्थानीय अधिकारीहरूको सहयोगबाट २ घण्टाभित्र नै आफूहरू आगो नियन्त्रण गर्न सफल भएको उनले बताए ।

सिद्धार्थ नगर कारखानाका प्रमुख प्रदीप शुक्लाले भने, ूआगलागी हुँदा सबै सुरक्षा अभ्यास र आपतकालिन विधिहरू विधिवत पालना गरिएको थियो । हाम्रो नियमित अग्निसुरक्षा अभ्यासहरूका कारण हामीलाई आगो नियन्त्रण गर्न र बाँकी सुविधालाई बचाउन सक्यौँ ।ू

प्रतिक्रिया दिनुहोस्
MBL