Logo

श्रमिकको न्यूनतम तलब १५ हजार पुर्याइने, बैंकमार्फत तलब भुक्तानी

श्रमिकको न्यूनतम तलब १५ हजार पुर्याइने, बैंकमार्फत तलब भुक्तानी



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मजदुरको न्यूनतम मासिक तलब १५ हजार पुर्‍याउने वाचा गरेका छन् ।

अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १)को अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्रीले श्रमिकको न्यूनतम पारिश्रमिक मासिक १३ हजार ४ सय ५० रुपैयाँबाट बढाएर आउँदो आर्थिक वर्षदेखि १५ हजार रुपैयाँ पुर्‍याउने वाचा गरेका हुन् ।

उनले श्रमिक क्षेत्रको कानुनी विभेदलाई अन्त्य गरिएको दाबी गरे । वैदेशिक रोजगारीमा गएका नेपालीको सुरक्षा र मर्यादाको लागि गन्तव्य देशसँग श्रम सम्झौता गरिएको उनका भनाई छ । देशभित्रैका मजदुरको सुरक्षाको लागि सामाजिक सुरक्षा कोष, बेरोजगार भत्ता लगाएका व्यवस्था गरिएको पनि प्रधानमन्त्री ओलीले दाबी गरे ।

हेर्नुहोस् शुभकामना सन्देश :-

प्रतिक्रिया दिनुहोस्
MBL