Logo

आज मात्रै कोरोनाबाट नेपालमा ८ संक्रमितको मृत्यु, देशका विभिन्न अस्पतालसहित होम आइसोलेसनमा रहेका संक्रमितको निधन

आज मात्रै कोरोनाबाट नेपालमा ८ संक्रमितको मृत्यु, देशका विभिन्न अस्पतालसहित होम आइसोलेसनमा रहेका संक्रमितको निधन



काठमाडौं । कोरोना कारण मृत्यु हुनेमा जिल्लाको जानकी गाउँपालिका–३ की ५९ वर्षीया महिलाको गए राति कैलालीको टीकापुरमा रहेको टीकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको  अस्पतालले जनाएको छ । 

त्यस्तै जिल्लाको लम्कीचुहा नगरपालिका–५ की ५० वर्षीया कोरोना सङ्क्रमित महिलाको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । वैशाख ११ गतेदेखि सेती अस्पतालमा उपचाररत उनको गए राति १ः०० बजे मृत्यु भएको सूचना अधिकारी जोशीले बताए ।

कञ्चनपुरमा कोरोना भाइरसको सङ्क्रमणबाट गए राति तीन जनाको मृत्यु भएको छ । दुई जनाको महाकाली अस्पतालमा उपचारका क्रममा र एक जनाको होम आइसोलेशनमा मृत्यु भएको हो ।


यस्तै महाकाली अस्पतालमा उपचारार्थ भर्ना भएका भीमदत्त नगरपालिका–१८ का ५२ वर्षीय पुरुष र सोही नगरपालिका १४ का ४८ वर्षीय महिलाको मृत्यु भएको महाकाली अस्पतालका कोभिड सम्पर्क व्यक्ति डा गोविन्द रोकायाले बताए । 

यसैगरी भीमदत्त नगरपालिका–१८ का ६८ वर्षीय पुरुषको होम आइसोलेशनमा मृत्यु भएको छ । यसैबीच पश्चिमी सीमानाका गड्डाचौकी र गौरीफन्टा हुँदै शुक्रबार भारतबाट भित्रिएका एक हजार ७६९ मध्ये २८४ जनाको एन्टिजेन परीक्षण गरिएकामा ३३ जनाको परीक्षणको नतिजा पोजेटिभ आएको छ ।

यता ताप्लेजुङमा कोरोना सङ्क्रमित एक जनाको मृत्यु भएको छ । फुङलिङ नगरपालिका–५ का कोरोना सङ्क्रमित भक्ति माया तुम्बाहम्फे लिम्बूको गए राति मृत्यु भएको हो । 

बिर्ता सिटी अस्पतालबाट शुक्रबार घर फर्किएकी ८५ वर्षीय लिम्बूको गए राति सङ्क्रमणका कारण मृत्यु भएको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिए ।

यस्तै शनिवार बिहान प्रादेशिक अस्पतालमा दुई जना कोरोना  संक्रमितको मृत्यु भएको छ । नवलपरासीका एक जना  र रुपन्देहीका एक गरी २ जना संक्रमितको बिहान मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा।बिष्णु गौतमले बताए ।


नवलपरासीको  रामग्राम नगरपालिका १० की ४५ वर्षिया महिलाको बिहान ४ बजे  मृत्यु भएको छ भने रुपन्देहीको  शुद्धोधन गाउँपालिका ५ का ५५ वर्षिय पुरुषको आज बिहान ५ः४५ बजे मृत्यु भएको हो 

प्रतिक्रिया दिनुहोस्