Logo

पछिल्लो २४ घण्टामा थपिए कोरोनाका ५७ सय २७ संक्रमित, ३३ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थपिए कोरोनाका ५७ सय २७ संक्रमित, ३३ जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ५ हजार ७ सय २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ३ सय ९१ पीसीआर परीक्षणमा ५ हजार ६ सय ५७ जना र ५ सय २५ जनाको एन्टिजेन परीक्षणमा ७० जना गरी ५ हजार ७ सय २७ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको कुल संख्या ३ लाख २३ हजार १ सय ८७ पुगेको छ । जसमध्ये ३८ हजार ८ सय १३ जना सक्रिय संक्रमित रहेका छन् ।
मन्त्रालयका अनुसार सक्रिय संक्रमितमध्ये ३६ हजार १ सय ३५ जना होम आइसोलेसन र दुई हजार ६ सय ७५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोना भाइरस संक्रमितमध्ये ३ सय ३१ जना आईसीयूमा र १ सय १५ जना भेन्टिलेटरमा रहेका छन् ।

कोरोना भाइरस संक्रमणबाट आजै थप ३३ जनाको मृत्यु भएको छ । हालसम्म मृतकको संख्या ३ हजार २ सय ४६ पुगेको छ ।

यस्तै आज काठमाडौं उपत्यकामा मात्रै झण्डै ३ हजार जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा २ हजार ४ सय ४, ललितपुरमा ४ सय १९ र भक्तपुरमा १ सय ३३ गरी २ हजार ९ सय ५६ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया दिनुहोस्