Logo

सरकारले भन्यो : कोरोनाले भयावह रुप लियो, अस्पतालको बेड उपलब्ध गराउन सकिने अवस्था छैन

सरकारले भन्यो : कोरोनाले भयावह रुप लियो, अस्पतालको बेड उपलब्ध गराउन सकिने अवस्था छैन



काठमाडौं । सरकारले स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी कोरोना संक्रमण बढेकाले अस्पतालमा बेड उपलब्ध गराउन नसकिने अवस्था आएको जानकारी दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार एक सूचना जारी गर्दै यस्तो समस्या सिर्जना भएको जानकारी गराएको हो । मन्त्रालयले सूचनामा उपत्यकाका तीनसहित १७ जिल्लामा कोरोना संक्रमण डरलाग्दो गरी फैलिरहेको र सोहीअनुसार अस्पतालको बेड उपलब्ध गराउन नसकिने भएको हो ।

मोरङ, सुनसरी, झापा, पर्सा, बारा, धनुषा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, सुर्खेत, कैलाली र कञ्चनपुरमा कोरोना संक्रमणका हिसाबले अति प्रभावित जिल्ला हुन् ।

मन्त्रालयले जनस्वास्थ्यका मापदण्डहरु पुर्ण रुपमा पालना गर्दै सचेत रहन आग्रह गरेको छ ।

May be an image of text

प्रतिक्रिया दिनुहोस्
MBL