Logo

खानेपानी मन्त्री मणी थापालाई कोरोना संक्रमण पुष्टि

खानेपानी मन्त्री मणी थापालाई कोरोना संक्रमण पुष्टि



काठमाडौं । खानेपानी मन्त्री मणि थापालाई कोरोना संक्रमण पुष्टि भएको छ । थावाको सचिवालयले विहीबार स्वाबको नमूना परीक्षण गर्दा उनमा संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

सचिवालयले थापाको स्वास्थ्य सामान्य रहेको र उनी निवासमै आराम गरिरहेको जानकारी दिएको छ । चार दिन अगाडि थापाको छोरीलाई पनि कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि मन्त्री थापासहित उनको सचिवालयमा रहेका १० जनाको स्वाब संकलन गरी परीक्षण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL