Logo

बिहीबार मात्रै थप ४९ सय २९ जनामा संक्रमण पुष्टि, ३५ जनाको मृत्यु

बिहीबार मात्रै थप ४९ सय २९ जनामा संक्रमण पुष्टि, ३५ जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ४ हजार ९ सय २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ५ सय ९७ पीसीआर परीक्षणमा ४ हजार ८ सय ३१ जना र ९ सय ६३ एन्टिजेन परीक्षणमा ९७ जना गरी ४ हजार ९ सय २८ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना भाइरस संक्रमणबाट आजै मात्रै थप ३५ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार २ सय ४६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ८ सय ८८ रहेको छ । मन्त्रालयका अनुसार आज सबैभन्दा धेरै संक्रमण पुष्टि काठमाडौँ उपत्यकामा भएको छ । जसअनुसार आजैमात्रै यहाँ १ हजार ५ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। जसमध्ये काठमाडौंका ११ सय २७ जना, भक्तपुरका १ सय ८२ जना र ललितपुरका २ सय ५२ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्