Logo

लामो दूरीका सवारीका लागि छुटै पम्प, हेर्नुहोस कुन रुटका लागि कहाँ ?

लामो दूरीका सवारीका लागि छुटै पम्प, हेर्नुहोस कुन रुटका लागि कहाँ ?


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल आयल निगमले लामो दुरीका सवारीका लागि तेल वितरण गर्न छुट्टै पम्पहरु तोकेको हो । वितरण प्रणाली व्यवस्थित गर्ने उद्देश्यका साथ मन्त्रालयले तालिका सार्वजनिक गरेको हो ।

जसअनुसार अब पुर्व(पश्चिमको लामो दुरीमा चल्ने सवारीले नयाँबसपार्कको पायोनियर, बालाजुको सिटी ट्रेडिङ, बाफलको गणपती र ओमसत्य शाही तथा सशस्त्र प्रहरीको हल्चोकस्थित पेट्रोल पम्पबाट तेल हाल्न सक्नेछन् । निगमले यी मध्ये कुनै तीन पम्पमा तेल उपलब्ध गराउने छ ।

यसैगरी मध्यम तथा लामो दुरीका सार्वजनिक सवारीका लागि सामाखुसीको तेलेजु भवानी, धुम्बाराहीको एलाइट राजधानी, तिलगंगाको श्रेष्ठ, सिनामंगलको तपस्या र गैरीगाउँको भ्याली पेट्रोल पम्पबाट तेल दिइने बताइएको छ ।

यता अरनिको यातायातका सवारीले लोकन्थलीको सिद्धार्थ, बनेपाको पाँचकुमारी र भगवती, ठिमीको बाग्मती र अजिमा, सल्लाघारीको शान्ति पेट्रोल पम्पबाट तेल पाउनेछन् ।
निगमका अनुसार हेटौंडा जाने टाटासुमोलाई कलंकीको सीता, बल्खुको दक्षिणकाली र कीर्तिपुरको रसकटर पम्पबाट तेल उपलब्ध गराइने बताइएको छ ।निगमले यसैगरी पर्यटक बोक्ने सवारीका लागि सशस्त्र प्रहरीको हल्चोक, खुसिबुको नेवा ट्रेड, सोह्रखुट्टेको जयकुमारी र ठिमीको जयकुमारी पम्पमा तेल दिइने व्यवस्था गरिएके निगमले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
MBL