काठमाडौं । माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको सुरुङमा आज पानी खसालिएको छ । सूचना प्रविधि मन्त्री पार्वत गुरूङले ४५६ मेगावाट क्षमताको आयोजनको निर्माणस्थलमा पुगि स्वीच अन गर्दे पानी खसाल्ने कामको सुरुवात गरेका हुन् ।
मन्त्री गुरुङले सामाजिक संञ्जालमा लेखेका छन् –’नेपालको जलविद्युत क्षेत्रको इतिहासमा यो सबैभन्दा खुसीको क्षण हो । केही दिन भित्रै सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले सो आयोजनाबाट उत्पादन हुने विद्युतको औंपचारिक रुपमा उद्घाटन गर्नुहुनेछ ।’
ूयोसँगै नेपाल राष्ट्र र नेपाली जनताले विद्युत निर्यातको माध्यमबाट मुलुकलाई समृद्ध बनाउने गौरवको अनुभूति पनि गर्न पाउनेछ । सम्माननीय प्रधानमन्त्रीज्यूको मार्ग निर्देशन, माननीय उर्जामन्त्री टोपबहादुर रायमाझीज्यूको कुशल नेतृत्व तथा आयोजना निर्माणमा संलग्न सबैको अथक मेहनतप्रति हार्दिक आभार व्यक्त गर्दछु ।’
आयोजनाले पहिलो चरणमा बैशाख महिनाभित्रै आंशिक रुपमा विद्युत उत्पादन शुरु गर्ने तयारी गरिरहेको छ ।