Logo

विदेशबाट आउने नेपालीले अनिवार्य १० दिन क्वारेन्टीनमा बस्नुपर्ने, विदेशी नागरिक आउँदा क्वारेन्टीनका लागि होटल बुक गरेको हुनुपर्ने

विदेशबाट आउने नेपालीले अनिवार्य १० दिन क्वारेन्टीनमा बस्नुपर्ने, विदेशी नागरिक आउँदा क्वारेन्टीनका लागि होटल बुक गरेको हुनुपर्ने



काठमाडौं । अब हवाईमार्गमार्फत नेपाल प्रवेश गर्ने नेपालीले अनिवार्य १० दिन होटल वा होम क्वारेन्टीनमा बस्नुपर्ने भएको छ । अध्यागम विभागले जारी गरेको एक विज्ञप्ति अनुसार अब हवाईमार्गबाट आउने प्रत्येक नेपालीले कोरोनाको नेगेटिभ रिपोर्टसँगै होटल वा होम क्वारेन्टीनमा १० दिनसम्म बस्नुपर्नेछ । पछिल्लो समय नेपाललगायत विश्वभरी नै कोरोनाको नयाँ भेरियन्ट फैलिएपछि सरकारले सिमानाकामा समेत कडाई गरेको छ ।

जसका लागि नेपालको सिमानासँग जोडिएका देशका नागरिकहरुबाहेक अन्य नागरिकहरु स्थलमार्गबाट प्रवेश गर्न पाउने छैनन् । यस्तै स्थलमार्गबाट आउने भारत र चिनियाँ नागरिकले पनि ७२ घण्टाभित्र स्वाव परिक्षण गराई नेगेटिभ आएको रिपोर्टसँगै १० दिन होटल क्वारेन्टीनमा बस्नेगरी होटल बुक गरेको प्रमाण पेश गर्नुपर्नेछ । यस्तै हवाईमार्गबाट आउने विदेशीलाई पनि सोहीअनुसारको नियम लागु हुने अध्यागमन विभागले जानकारी दिएको छ । यस्तै विमानस्थलबाट मात्रै ट्रान्जीट हुनेबाहेक विदेशी नागरिकहरुलाई प्रस्थान अनुमतिसमेत नदिईने विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL