Logo

आजदेखि काठमाडौं उपत्यकाका बैंक ४ घण्टा खुल्ने, एटीएम भने साविककै जस्तै खुला रहने

आजदेखि काठमाडौं उपत्यकाका बैंक ४ घण्टा खुल्ने, एटीएम भने साविककै जस्तै खुला रहने



काठमाडौं । काठमाडौं उपत्यकामा आजबाट निषेधाज्ञा लागू भएको छ। बढ्दो कोरोना भाइरसलाई नियन्त्रणमा लिनका लागि सरकारले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

निषेधाज्ञामा अत्यावश्यक सेवा बाहेक सबै बन्द रहने जनाइएको छ। बैंक तथा वित्तीय संस्थाहरु भने दिनमा चार घण्टा मात्र खुला हुने छन्।

उपत्यकाका ३ वटै जिल्लामा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म बैंक खुल्ने भएको हो।

बुधबार राष्ट्र बैंक र बैंकरबीच भएको छलफलमा यो सहमति भएको बताइएको छ। बैंकका एटीएम भने साविककै जस्तै खुला रहने छन्।

प्रतिक्रिया दिनुहोस्
MBL