Logo

खोप केन्द्रमा भीड नियन्त्रण गर्न नसकेपछि आजदेखि कोरोना खोप कार्यक्रम स्थगित

खोप केन्द्रमा भीड नियन्त्रण गर्न नसकेपछि आजदेखि कोरोना खोप कार्यक्रम स्थगित



काठमाडौं । सरकारले हाल काठमाडौँमा जारी कोरोनाविरुद्धको चिनियाँ भेरोसेल खोप लगाउने कार्य स्थगित गरेको छ । भेरोसेल खोप लगाउने कार्य आजदेखि स्थगित गर्ने निर्णय गरेको स्वास्थ्य कार्यालय काठमाडौँले जानकारी दिएको हो ।

यसअघि खोप अभियान निरन्तर हुने बताइएको थियो । काठमाडौँसहित विभिन्न खोप लगाउने स्थान व्यवस्थित नहुँदा भिड बढेपछि खोप केन्द्रहरु नै कोरोनाको हट स्पट बन्न सक्ने भन्दै आलोचना भइरहेको थियो ।

चीनले अनुदानमा दिएको आठ लाख डोज भेरोसेल खोप दोस्रो चरणको खोप अभियानअन्तर्गत गत चैत २५ गतेदेखि लगाउन सुरु गरिएको थियो । यो खोप १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका व्यक्तिहरुलाई दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्