Logo

काठमाडौंको निषेधाज्ञा आदेशमा संशोधन, बैंक तथा वित्तीय संस्थाका कर्मचारी कार्यालयको परिचयपत्रका आधारमा आवतजावत गर्न पाउने

काठमाडौंको निषेधाज्ञा आदेशमा संशोधन, बैंक तथा वित्तीय संस्थाका कर्मचारी कार्यालयको परिचयपत्रका आधारमा आवतजावत गर्न पाउने



काठमाडौं । काठमाडौं उपत्यकामा विहिबारदेखि सुरु हुने निषेधाज्ञा आदेशमा संशोधन भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार जारी गरेको आदेशमा मंगलबार संशोधन गरी निषेधाज्ञाको समयमा बैंक तथा वित्तीय संस्थालाई संस्थाको परिचयपत्रका आधारमा आवतजावत गर्न पाइने व्यवस्था गरेको छ ।

प्रशासनले बैंक तथा वित्तीय संस्था तथा राष्ट्रबैंकबाट बित्तीय कारोबार गर्ने इजाजत प्राप्त सहकारीका कर्मचारीलाई सो व्यबस्था गरेको हो ।

साथै विवाहमा सहभागी हुन व्यानर र दुलाह–दुलही सहित १५ जनाका लागि दुईवटा सवारी साधन प्रयोग गर्न सवारी पास आवश्यक नपर्ने व्यबस्था पनि गरिएको छ ।

त्यस्तै किराना पसल र डिपार्टमेन्ट स्टोरलाई बिहान १० बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्म व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL