Logo

कोभिड–१९ मा दिइएका सहुलियतलाई राष्ट्र बैंकले निरन्तरता दिने, लचिलो नीतिगत व्यवस्था कायमै रहने

कोभिड–१९ मा दिइएका सहुलियतलाई राष्ट्र बैंकले निरन्तरता दिने, लचिलो नीतिगत व्यवस्था कायमै रहने



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९ को असामान्य परिस्थितिलाई सम्बोधन गर्न चालिएका कदमलाई निरन्तरता दिने बताएका छन् । नेपाल राष्ट्र बैंकले स्थापनाको ६५ वर्ष पूरा गरी ६६ औँ वर्षमा प्रवेश गरेको अवसरमा एक सम्बोधन जारी गर्दै गर्नभर अधिकारीले यस्तो बताएका हुन् ।

‘कोभिड १९ को संक्रमणका बीच नेपाल राष्ट्र बैंकले जारी गरेको आ।व। २०७७÷७८ को मौद्रिक नीतिको कार्यान्वयनले सकारात्मक परिणाम प्राप्त भइरहेको छ,’ उनले भनेका छन्, ‘संक्रमणका बेला चालिएका गैर–परम्परागत, लचिलो एवम् सहजीकरणसहितका नीतिगत व्यवस्थाहरूलाई आर्थिक तथा वित्तीय स्थायित्व र मौद्रिक उद्देश्य माथि थप जोखिम सृजना नहुने गरी निरन्तरता प्रदान गरिने छ ।’

नीतिगत सहुलियतले अर्थतन्त्र पुनरुत्थानको दिशातर्फ उन्मुख हुँदै गएको भए पनि अझै कोभिड–१९ को जोखिम कायमै रहेको भन्दै नीतिगत व्यवस्था कायम गर्ने उनले बताए ।

समष्टिगत आर्थिक स्थायित्व कायम गर्दै वित्तीय क्षेत्रबाट परिचालन हुने स्रोत साधनलाई पूर्वाधार क्षेत्र, साना तथा मझौला उद्यम, कृषि, उर्जा, पर्यटनलगायत उत्पादनशील क्षेत्रतर्फ निर्देशित गरी आर्थिक पुनरुत्थानको लागि सहयोग गर्न वित्तीय उपकरण एवम् पूर्वाधारको समयसापेक्ष विकास गर्न, विद्युतीय भुक्तानी माध्यममार्फत कारोबारलाई प्रर्वद्धन गर्न र वित्तीय समावेशिता तथा वित्तीय ग्राहक संरक्षण गर्नेतर्फ नेपाल राष्ट्र बैंक प्रतिबद्ध रहेको उनले बताएका छन् ।

सम्बोधनमा अधिकारीले वर्ष २०७७÷७८ चुनौतीपूर्ण रहेको उनले बताएका छन् । ‘२०७७ साल विश्वव्यापीे रूपमा फैलिएको कोरोना महामारीको विषम परिस्थितिका कारण चुनौतीपूर्ण रह्यो,’ उनले भनेका छन्, ‘यस बैंकले कोभिड—१९ का कारण अर्थतन्त्रमा पारेको प्रभाव अध्ययन गर्ने क्रममा २०७७ जेठमा ५२ जिल्लाका ६७४ उद्योगी÷व्यवसायीसँग सर्वेक्षण गरी २०७७ असारमा प्रतिवेदन प्रकाशन गर्यो । त्यतिखेर ४ प्रतिशत उद्योग व्यवसायहरू मात्र पूर्ण सञ्चालनमा रहेका थिए । सोही सर्वेक्षणका सहभागीहरूसँग २०७७ कात्तिक १३ देखि २०७७ मंसिर २४ सम्ममा करिव ५४ प्रतिशत उद्योगरव्यवसाय पूर्ण सञ्चालनमा आएका थिए । तर त्यति बेला सम्म पनि करिव ९ प्रतिशत उद्योगहरू बन्द कै अवस्थामा रहेका थिए ।’

बन्दाबन्दी पूर्ण रूपमा हटेको र कोभिड–१९ विरुद्धको खोप लगाउने कार्यसमेत सुरु भएपछि खुम्चिएको अर्थतन्त्र सामान्यतर्फ फर्कन सुरु भइसकेको थियो । तर, पछिल्लो समयमा कोभिड–१९ को संक्रमण दर छिमेकी देशमा पुनः बढ्दै गएको साथै नेपालमा समेत संक्रमण दर र जोखिम बढ्दै गएको हुँदा अर्थतन्त्र अझ पनि यसबाट थप प्रभावित हुने जोखिम कायमै रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL