Logo

मन्त्रिपरिषद बैठकद्धारा सबै परीक्षा स्थगित, तत्काललाई आन्तरिक उडान भने नरोकिने

मन्त्रिपरिषद बैठकद्धारा सबै परीक्षा स्थगित, तत्काललाई आन्तरिक उडान भने नरोकिने



काठमाडौं । सरकारले कोरोना नियन्त्रणका लागि कोभिड(१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले गरेका सिफारिसलाई परिमार्जनसहित पारित गरेको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सीसीएमसीले बैशाख १५ गतेदेखि आन्तरिक हवाई उडान रोक्न सिफारिस गरे पनि तत्काललाई आन्तरिक उडान नरोक्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषदले सीसीएमसीले सिफारिस गरे बमोजिम सबै प्रकारका परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । त्यस्तै मन्त्रिपरिषदले सीसीएमसीको सिफारिश अनुसार शहरी क्षेत्रमा ५०० भन्दा बढी र पहाडी क्षेत्रमा २०० भन्दा बढी सक्रिय संक्रमित भएमा निषेधाज्ञा लगाउनुपर्ने सिफारिसलाई पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL