Logo

लकडाउनको धक्का नेप्सेमा, सोमबार पनि ६६ अंकले घट्यो सेयर बजार

लकडाउनको धक्का नेप्सेमा, सोमबार पनि ६६ अंकले घट्यो सेयर बजार



काठमाडौं । बढ्दो कोरोना संक्रमणसँगै लकडाउको हल्लाले घट्न थालेको सेयर बजार सोमबार पनि उच्च रुपमा घट्न पुगेको छ । सोमबार बजार खुलेसँगै ओरालो लागेको नेप्से परिसुचक अन्तमा ६५.८८ अंकले घटेर बजार बन्द भएको छ ।

लकडाउनको हल्लासँगै आईतबार पनि नप्से परिसुचक उच्च रुपमा घट्न पुगेको थियो । आईतबारदेखि नै काठमाडौं उपत्यकालगायत कारोना संक्रमण बढी भएका जिल्ला बन्द हुने हल्ला बाहिर आएपछि बजारमा अझै बढी असर परेको थियो । सोही अनुरुप सोमबार पनि बजारमा सबै समुहका परिसुचक घट्न पुगेका छन् ।

सोमबार सबैभन्दा बढी निर्जीवन बीमा समुहका परिसुचक ३८४ हंकले घट्दा जीवन बीमा समुहको परिसचक ३५९ अंकले ओरोलो लागेको छ । यसैगरी बजारमा सबैभन्दा बढी प्रभुत्व रहेको बैंकिङ समुहको परिसुचकमा पनि ४०.७३ अंकले गिरावट आएको छ ।

लकडाउनको हल्लासँगँै घटेन थालेको बजारमा बिक्री चाप परेको थियो । जसका कारण सबै समुहका परिसुचक घट्न पुगेका छन् । तर घट्दो बजारमा पनि कारोबार रकमले भने साथ लिएको छ । सोमबार ६ अर्ब ५९ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ । जसमा २२० कम्पनीको १ करोढ २९ लाख कित्ता सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL