काठमाडौं । चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले नेपालमा जारी नाकाबन्दी प्रति अन्तरराष्ट्रिय समुदायको ध्यानाकर्षण गराएका छन् । नाकाबन्दीले चरम मानवीय संकट उत्पन्न हुनसक्ने भन्दै ध्यानाकर्षण गराएका हुन् ।
माल्टामा आयोजित कमनवेल्थ राष्ट्रप्रमुखहरुको सम्मेलन २०१५ मा अतिथि वक्ताको रुपमा विहीबार सम्बोधन गर्दै अध्यक्ष चौधरीले भूकम्पबाट थिलोथिलो भएको नेपाल हाल जारी नाकावन्दीका कारण आर्थिक संकटतर्फ धकेलिएको बताए ।
उनले एसियाली संमन्वय एवं विकास बिषयमा सम्बोधन गर्दै भारतीय नाकाबन्दीको विषय उठान गरेका हुन ।
चौधरीले नाकाबन्दीले मानिसहरुको दैनिक जनजीवन अस्तव्यस्त बनाएको र उद्योग एवं व्यवसायहरु बन्द गराएको जानकारी अध्यक्ष चौधरील बताएका थिए ।
सम्मेलनमा विश्वका करिब ८० राष्ट्रका राष्ट्रप्रमुख, सरकारप्रमुख र निजीक्षेत्रका अग्रणीहरुको सहभागिता रहेको छ ।