Logo

काठमाडौंमा वैशाख १६ गतेदेखि लकडाउन : बजार तथा पसल बन्द हुने, रेस्टुरेन्टबाट टेक अवे सेवा मात्रै पाइने

काठमाडौंमा वैशाख १६ गतेदेखि लकडाउन : बजार तथा पसल बन्द हुने, रेस्टुरेन्टबाट टेक अवे सेवा मात्रै पाइने



काठमाडौं । काठमाडौंका तीन वटै जिल्लामा वैशाख १६ गतेदेखि निषेधाज्ञा (लकडाउन) जारी हुने भएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले यो निर्णय गरेको हो ।

अर्को सूचना जारी नभएसम्म बिहीबारदेखि निषेधाज्ञा जारी हुने भएको हो । कोरोना संक्रमण दरका दोस्रो लहर बढेपछि निषेधाज्ञा जारी गरिने भएको हो ।

पहिलो चरणमा एक हप्ताका लागि निषेधाज्ञा जारी हुने भनिए पनि निषेधाज्ञा कम्तिमा एक महिना थपिने सम्भावना रहेको छ । सीसीएमसीले पनि १६ गतेदेखि निषेधाज्ञा लागु गर्न सुझाव दिएको थियो ।

बैठकले रेस्टुरेन्टबाट दिइने सेवा टेक अवेमा मात्रै दिन पाइने निर्णय गरेको छ। यस्तै ग्रोसरीहरु खोल्न दिइएपनि बजार तथा पसल बन्द गर्ने निर्णय भएको छ । अत्यावश्यक सेवाहरु भने निर्वाध रुपमा सञ्चालनमा आउनेछन् ।

सीसीएमसी बैठकले लकडाउन गर्नुपर्ने र त्यो नभए निषेधाज्ञामा जानुपर्ने सुझाएको थियो । यस्तै पहाडी जिल्लामा दुई सय र सहरी क्षेत्रमा पाँच सय सक्रिय सङ्क्रमित भएमा ती क्षेत्रमा निषेधाज्ञा गर्न सक्ने गरी सिफारिस गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL