Logo

कोरोनाको दोस्रो लहर डरलाग्दो, जनजीविकाको रक्षा गर्दै आर्थिक सामाजिक जीवन चलायमान बनाउनुपर्छ : अर्थमन्त्री पौडेल

कोरोनाको दोस्रो लहर डरलाग्दो, जनजीविकाको रक्षा गर्दै आर्थिक सामाजिक जीवन चलायमान बनाउनुपर्छ : अर्थमन्त्री पौडेल



काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ संक्रमणको दोस्रो लहर डरलाग्दो ढंगले फैलन सक्ने आँकलन गरिएको बताएका छन् ।

सोमबार राजधानीमा आयोजित एक अन्तरक्रियामा बोल्दै अर्थमन्त्री पौडेलले नेपालमा कोभिड–१९ को संक्रमण डरलाग्दो ढंगले फैलन सक्ने आँकलन गरिएको भन्दै नागरिकको जीवन र जीविकाको रक्षा गर्ने विषय सरकारको सर्वाधिक प्राथमिकतामा रहेको बताए। जनजीविकाको रक्षा गर्दै आर्थिक सामाजिक जीवनलाई पुरानै लयमा फर्काउनुपर्ने अवस्था आएको पनि बताए ।

अर्थमन्त्री पौडेलले कसैले पनि लापरबाही गर्नु नहुने बताए । सरकारले सबै प्रकारका सम्भाव्य उपायहरु अवलम्बन गरेर कोभिड विरुद्धको लडाईलाई जित्न चाहेको उल्लेख गर्दै उनले यसका निम्ति आम नागरिक र सबै संघसंस्थाहरुको सहयोग आवश्यक पर्ने बताए । संक्रमण विश्वव्यापी रुपमा फैलिएको कारण खोपको आपूर्तिमा पनि चुनौती थपिएको बताए।

अर्थमन्त्री पौडेलले बैंक तथा वित्तीय संस्थाहरुको समस्या समाधानको सम्बन्धमा आएका सुझावहरु मध्ये आगामी आर्थिक वर्षको बजेट निर्र्माण गर्दा जायज र सम्भव भएका सुझावहरुलाई ग्रहण गरिने पनि बताए।

प्रतिक्रिया दिनुहोस्
MBL