Logo

काठमाडौं मास्क नलगाई हिड्ने १३ सय २५ जना पक्राउ, यस्तो गर्यो प्रहरीले कारवाही

काठमाडौं मास्क नलगाई हिड्ने १३ सय २५ जना पक्राउ, यस्तो गर्यो प्रहरीले कारवाही



काठमाडौं । काठमाडौंमा मास्क नलगाई हिडनेमाथि प्रहरीले कारवाही थालेको छ । कोरोना संक्रमणको दोस्रो लहर तीव्ररुपमा फैलिँदै गएपछि प्रहरीले मास्क नलगाउनेलाई पक्राउ गर्न थालेको हो । यसैक्रममा सोमबार बिहान मास्क नलगाई हिडेका १३ सय २५ जनालाई प्रहरीले केही समय होल्डमा राखेर छाडेको छ।

प्रहरीले होल्डमा राखेका मध्य ३ सय २२ जना महिला र एक हजार ३ पुरुष रहेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी रमेशकुमार बस्नेतले बताए । स्वास्थ्य मापदण्ड पालना नगरी बाहिर हिडडुल गर्नेलाई संक्रामक ऐन, २०२० को दफा २ अनुसार प्रहरीले कारबाही गर्न सक्छ ।

उपत्यकाबाहिर पनि प्रहरीले कारबाही थालेको छ । सोमबार बिहान मकवानपुरमा जोरबिजोर प्रणाली उल्लंघन गर्ने तथा मास्क प्रयोग नगर्नेलाई जरिवाना तिराएको छ ।

मकवानपुर प्रहरी प्रमुख एसपी सोमेन्द्रसिंह राठौरका अनुसार कारबाहीमा पर्नेमा ५५ मोटरसाइकल चालक, अटोचालक ७, म्याजिक ५ र मयुरी एउटा रहेका छन् । यस्तै मास्क नलगाउने २३ जनालाई १ सय रुपैयाँका दरले जरिवाना तिराएको छ।

प्रतिक्रिया दिनुहोस्