Logo

काठमाडौं, भक्तपुर र ललितपुर प्रशासन कार्यालयमा आजदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द

काठमाडौं, भक्तपुर र ललितपुर प्रशासन कार्यालयमा आजदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द



काठमाडौं । कोरोना संक्रमण तीब्र बन्दै गएपछि काठमाडौं उपत्यकाका तीन जिल्लाका प्रशासन कार्यालयमा सोमबारबाट अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिएको छ । काठमाडौँ, भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयले आजबाट अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरेका हुन् ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले कार्यालयमा कार्यरत केही कर्मचारी संक्रमित भएकोले उक्त निर्णय लिएको हो । यस्तै उनीहरुको निकट सम्पर्कमा रहेका अन्य कर्मचारीहरु समेत परीक्षणको क्रममा रहेकाले कार्यालयबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु बन्द गरिएको प्रशासनले जनाएको छ ।

कोरोना संक्रमणको दर बढेकाले भीडभाड नियन्त्रण गर्न ललितपुर र भक्तपुर जिल्ला प्रशासनले अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु बन्द गरिएको जानकारी दिएको छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL