Logo

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक, सीसीएमसीको सिफारिसबारे निर्णय लिने

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक, सीसीएमसीको सिफारिसबारे निर्णय लिने



काठमाडौं । कोरोना भाइरस रोकथामका लागि निर्णय लिन प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषदको बैठक आह्वान गरेका छन् । आज साँझ ५ बजेका लागि बस्ने मन्त्रिपरिषदको बैठकले कोरोना रोकथामका लागि थप निर्णय लिने तयारी गरेको हो ।

आजको बैठकमा कोभिड–१९ व्यवस्थापन केन्द्र सीसीएमसीको बैठकले देशभरका परीक्षाहरु स्थगित गर्ने निर्णयबारे छलफल गरी टुंगोमा पुग्नेछ । विद्यालय स्तरका बालबालिकामा कोभिड– १९ को जोखिम बढेपछि सरकारले परीक्षा स्थगितको निर्णय लिन लागेको हो । यसबाट एसईई, दश जोड दुई र विश्वविद्यालयहरुका परीक्षा प्रभावित हुनेछन् ।

यसैगरी, अक्सिजनको अभावलाई दृष्टिगत गरी सरकारले सिलिन्डर आयात गर्न भन्सार छुट दिने निर्णय गर्ने तयारी समेत गरेको छ । कम्तिमा २० हजार अक्सिजन सिलिन्डर आयात गर्ने तयारी भएको छ ।

सीमा नाकामा कडाईबारे समेत सरकारले निर्णय लिने तयारी गरिसकेको छ । कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गरी सरकारले थप कडा निर्णयहरु लिनेगरी सतर्कता देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL