Logo

काठमाडौं उपत्यकाका तीन जिल्लाका सिडिओहरुको बैठक बस्दै, आजै लकडाउनबारे निर्णय होला ?

काठमाडौं उपत्यकाका तीन जिल्लाका सिडिओहरुको बैठक बस्दै, आजै लकडाउनबारे निर्णय होला ?



काठमाडौं । काठमाडौं उपत्याकाका ३ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरूको बैठक आज बस्ने भएको छ । कोरोना संक्रमितको संख्या दिनप्रतिदिन वृद्धि भइरहेको सन्दर्भमा काठमाडौं, ललितपुर र भक्तपुरका सिडिओहरु आगामी रणनीति तय गर्न बैठक बस्न लागेका हुन् ।

कोरोना न्यूनीकरणका लागि के गर्न सकिन्छ भन्नेबारे छलफल गर्न सिडिओहरूको बैठक बस्न लागेको हो । कोरोना संकट व्यवस्थापन केन्द्र सिसीएमसीले पाँच सयभन्दा बढी कोरोना संक्रमित फेला परेका ठाउँमा निषेधाज्ञा लगाउन सिफारिस गरेपछि काठमाडौं, ललितपुर र भक्तपुरका सिडिओ छलफलमा जुट्न लागेका हुन् ।

आजको बैठकले उपत्यकामा लकडाउन गर्नेबारे निर्णय गर्नसक्ने बुझिएको छ । यी तीनै जिल्लामा पाँच सयभन्दा बढी संक्रमित छन् । काठमाडौं जिल्लामा मात्रै आइतबार एक हजार एक सयभन्दा बढीमा कोरोना देखिएको थियो । उपत्यकाका तीन जिल्लामा झण्डै १५ सय जना संक्रमित भएका छन् ।

यसैबीच काठमाडौं, ललितपुर र भक्तपुरको जिल्ला प्रशासन कार्यालयमा आजदेखि अत्यावश्यकबाहेक काम नहुने भएको छ । कोरोना जोखिम रहेकोले भीडभाड कम गर्न अत्यावश्यकबाहेक काम बन्द गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL