Logo

सिसीएमसीको बैठक तीन बजे बस्दै, आंशिक लकडाउनको सिफारिस हुन सक्ने

सिसीएमसीको बैठक तीन बजे बस्दै, आंशिक लकडाउनको सिफारिस हुन सक्ने



काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन समिति (सिसीएमसी) को बैठक आज बस्दैछ । बैठक आज ३ बजे बस्छन लागेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोरोना महामारीको पछिल्लो अवस्थाका बारेमा शनिबार ब्रिफिङ गरेपछि आज सिसीएमसीको बैठक बस्न लागेको हो ।

हिजो प्रधानमन्त्रीसँगको छलफलमा सिसीएमसीका अधिकारीहरुले कोरोना संक्रमण बढी देखिएका क्षेत्रहरुमा चेन ब्रेक गर्न रणनीति अपनाउन सुझाव दिएका थिए ।

सहरी क्षेत्रमा भीडभाड कम गर्न र हटस्पटमा लकडाउन गर्न सिसीएमसीले सुझाव दिएको थियो । प्रधानमन्त्रीले ब्रिफिङ गरिएको विषयमा छलफलगरी प्रस्ताव तयार गर्न र सो प्रस्ताव मन्त्रिपरिषद्मा पेश गर्न भनेका थिए । बैठकबाट लकडाउन गर्नुपर्ने निष्कर्ष निस्किए निर्णयका लागि सिसीएमसीले मन्त्रिपरिषद्लाई सिफारिस गर्नेछ ।

प्रधानमन्त्रीले देशव्यापी लकडाउन नगर्न निर्देशन दिइसकेकाले आजको बैठकले केही मुख्य हटस्पट छानेर आंशिक लकडाउनको सिफारिस गर्न सक्ने सम्भावना रहेको स्रोतले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL