Logo

नेपाललाई ट्रान्जिट बनाउने गरी आएकाको पीसीआर परीक्षण नगर्न प्रयोगशालालाई स्वास्थ्य मन्त्रालयको निर्देशन (पत्रसहित)

नेपाललाई ट्रान्जिट बनाउने गरी आएकाको पीसीआर परीक्षण नगर्न प्रयोगशालालाई स्वास्थ्य मन्त्रालयको निर्देशन (पत्रसहित)



काठमाडौं । कोरोना संक्रमण बढिरहँदा नेपाललाई ट्रान्जिट बनाएर विभिन्न देश जाने बिदेशीको संख्या बढेसँगै सरकारले कडाई गर्न थालेको छ । कोरोना संक्रमण तीब्र बनिरहेको समयमा दैनिक सायैं भारतीयहरु नेपाल भित्रिने र नेपाललाई ट्रान्जिट बनाएर बिदेश गइरहेका छन् । यसै सन्दर्भमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाललाई ट्रान्जिट बनाउने गरी वा परीक्षण मात्रै गर्ने गरी आएका विदेशी नागरिकको पीसीआर परीक्षण नगर्न सबै प्रयोगशालाहरुलाई निर्देशन दिएको छ ।

मन्त्रालयले यसरी परीक्षण गर्न आउने विदेशी नागरिकहरुबाट संक्रमण फैलने जोखिम बढेको भन्दै त्यस्ता नागरिकको पीसीआर नगर्न नेपालका सबै प्रयोगशालाहरुलाई निर्देशन दिएको हो । कुनै व्यक्ति वा प्रयोगशालाले कोभिड–१९ प्रयोगशाला निर्देशिका–२०७७ अनुसार परीक्षण नगरेको पाइए नियमानुसार कारबाही समेत गरिने मन्त्रालयले चेतावनी दिएको छ ।

मन्त्रालयले नेपाली नागरिक, कूटनीतिक नियोग तथा मिसनका कर्मचारी तथा निजका परिवार र नेपालमा बसोबास गरिरहेका विदेशी नागरिकलाई परिचयपत्रका आधारमा मात्रै पीसीआर गर्न भनेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL