Logo

युवा उद्यमीलाई अर्थमन्त्रीको आश्वासन-सम्भव र जायज मागलाई बजेटमा सम्बोधन गर्न प्रयास गर्नेछु

युवा उद्यमीलाई अर्थमन्त्रीको आश्वासन-सम्भव र जायज मागलाई बजेटमा सम्बोधन गर्न प्रयास गर्नेछु



काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले युवा व्यवसायीको जायज माग र सुझावलाई आगामी आर्थिक वर्षको बजेटमा समेट्न प्रयास गर्ने बताएका छन् ।

आर्थिक वर्ष २०७८र७८ को बजेटबारे युवा उद्यमीसँग सुझाव लिन शनिबार आयोजित छलफलमा उनले युवा उद्यमीका सम्भव र जायज मागलाई सम्बोधन गर्न आफूले प्रयास गर्ने बताए । उनले बजेट निर्माणमा भएकाले कुन सम्भव र कुन जायज हुन् भन्नेबारे आफूले सार्वजनिक गर्न नमिल्ने भन्दै उनले युवा उद्यमीको पक्षमा सरकार रहेको स्पष्ट पारे ।

अर्थमन्त्रीले औसतरूपमा अगाडि बढेर मात्रै नहुनेमा आफू स्पष्ट रहेको भन्दै कोरोनाले पारेको प्रभाव र त्यसबाट पाएको शिक्षाका आधारमा नयाँ ढङ्गले नै बजेट निर्माण गर्नुपर्ने आवश्यकता महसुस भएको बताए । अर्थतन्त्रको पुनःउत्थान गर्न केही नीतिगत सुधार जरुरी रहेको उनको भनाइ छ ।

युवा उद्यमीले स्टार्टअप नीति, विद्युतको डिमाण्ड शुल्क तथा भन्सारमा न्यून विजकीकरण लगायत विषयमा अर्थमन्त्रीलाई सुझाव दिएका थिए । उनीहरूले युवा उद्यमीलाई प्रोत्साहन गर्ने बजेट जरुरी रहेको भन्दै सरकारले आफूहरूको सुझावलाई आत्मसात गर्ने विश्वास व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL