Logo

नेपालमा कोरोना : थप २६१८ जनामा कोरोना पुष्टि, १४ जनाको मृत्यु

नेपालमा कोरोना : थप २६१८ जनामा कोरोना पुष्टि, १४ जनाको मृत्यु



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ६ सय १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप ३६८ जना कोरोना संक्रमित डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यससँगै नेपालमा हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ७७ हजार १२३ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल देशभर १६ हजार ८ सय २८ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमित थप १४ जनाको मृत्यु भएको छ। यसँसगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १ सय ३६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बितेको २४ घण्टामा काठमाडौंमा मात्रै ६४४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा १४१ र भक्तपुरमा ८७ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै यस्तै हटस्पोट बनेको बाँकेमा ३५२ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ६६८ जनामा परीक्षण गर्दा २६१८ जनामा संक्रमण पुष्टि भएको हो । पीसीआर विधिबाट ७ हजार ५२५ जनामा परीक्षण गर्दा २४८६ र एन्टिजेन विधिबाट ११४८ जनामा परीक्षण गर्दा १३३ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै देशभर कोरोनाभाइरस संक्रमितको कुल संख्या २ लाख ९७ हजार ८७ र निको हुनेका कुल संख्या २ लाख ७७ हजार १२३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL