Logo

एकैचोटी १६ जना विरुद्ध राजस्व छलीको मुद्धा दायर, २ अर्ब १९ करोड बढिको विगो दावी

एकैचोटी १६ जना विरुद्ध राजस्व छलीको मुद्धा दायर, २ अर्ब १९ करोड बढिको विगो दावी



काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व छली गरी व्यापार व्यावसाय गरिरहेका १६ ओटा कम्पनीबीरुद्ध मुद्धा दायर गरेको छ । विभागले विभिन्न फर्महरुको नाममा नक्कली तथा झुठा विलविजक प्रयोग गरी राजस्व छली गर्ने ललितपुरमा व्यवसाय संचालन गरिरहेका अनिल कुमार गुप्तालगायत १६ जना विरुद्ध मुद्धा दायर गरेको हो ।

विभागका अनुसार यसरी झुठा विलविजक देखाई राजस्व छली गर्नेहरुमा अनिल कुमार गुप्ता, प्रविण कुमार महतो, अभिमन महतो कोईरी, अकली हजारा दुसादलगायत छन् । उनीहरुका फर्महरु क्रमशः अनिल गुप्ता एण्ड एशोसिएसन, अंकुस ट्रेड एण्ड सप्लायर्स, सन्ध्या ट्रेडर्स, लक्की ट्रेड लिंक लगायत छन् ।

उक्त फर्मका मालिकहरुले विभिन्न फर्महरुको नक्कली विलविजक देखाई राजस्व छली गरेकाले विभागले राजस्व चुहावट ऐन २०५२ को दफा ३ को अधिमा मुद्धा दायर गरेको हो ।

उनिहरुविरुद्ध उच्च अदालत पाटमा मुद्धा दायर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL