Logo

शुक्रबार थपिए कोरोनाका २५ सय ५९ संक्रमित, ५ जनाको मृत्यु

शुक्रबार थपिए कोरोनाका २५ सय ५९ संक्रमित, ५ जनाको मृत्यु



काठमाडौं । शुक्रबार नेपालमा थप २ हजार ५ सय ५९ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ७ सय ९८ पीसीआर परीक्षणबाट २ हजार ४ सय ४९ र ८ सय ६६ एन्टिजेन परीक्षणबाट १ सय १० जना गरी जम्‍मा २ हजार ५ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।


स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ जनाको मृत्‍यु भएको छ । यस्तै ४ सय १० जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर कोरोना भाइरसका १४ हजार सात सय २४ सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्