काठमाडौं । नेपाल आयल निगमले भाडाका गाडीलाई जोर विजोरका आधारमा डिजेल उपलब्ध गराउने भएको छ । निगमले माइक्रोलाई १५, मिनिबसलाई २० र सिटीबसलाई ३० लिटर डिजेल उपलब्ध गराउने भएको हो ।
त्यस्तै स्कुल कलेजका सवारीलाई लाई सोमवार र बिहीवार डिजेल उपलब्ध गराउने जानकारी दिएको छ । जसअनुसार त्यस्ता सवारीलाई प्रति बस ३० लिटर डिजेल दिइने छ ।
त्यसैगरी पर्यटन सेवामा संलग्न रहेका सवारीलाई रुट हेरी चलानीको आधारमा इन्धन दिइने निगमले जानकारी दिएको छ ।