काठमाडौं । नेपाल आयाल निगमले शुक्रबार संचारकर्मी (पत्रकार)लाई पेट्रोल वितरण गर्ने भएको छ । पत्रकारहरुलाई सुचना विभागले उपलब्ध गराएको प्रेशपासको आधारमा पेट्रोल दिन लागिएको हो ।
निगमका अनुसार मोटर साइकल तथा स्कुटरलाई ३ लिटर पेट्रोल दिइने भएको छ । यसैगरी, चारपाङग्रे सवारीसाधनलाई १० लिटर दिइने भएको छ ।
यसैगरी, अत्यावश्कीय सवारीसाधनहरुलाई पनि सहज रुपमा पेट्रोलियम दिइने भएको छ । अस्पताल, कुटनीतिक नियोग एम्बुलेन्स, शववाहान, औषधि ओसारपसारका लागि प्रहरी कल्याण कोष पम्पबाट तिवरण गरिने भएको छ ।
यसैगरी, तरकारी ढुवानी फोहोमैला, प्रेश, दमकल तथा पानी बोक्ने गाडीलाई शक्तिदेबी पेट्रोलपम्प लगनखेलबाट दिइने छ । त्यस्ता सवारीसाधनलाई ३० लिटरसम्म डिजेल दिइने नेपाल आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिए ।
यसैगरी, सरकारी तथा संस्थानका सवारीसाधनलाई कुपनको आधारमा ३ लिटर पेट्रोल दिइने छ भने चारपाङ्ग्रे सवारीसाधनलाई १० लिटर दिइने भएको छ ।