Logo

प्रत्येक महिना १ खर्ब बढीको व्यापारघाटामा नेपाल, ९ महिनामा ११ खर्ब ११ अर्बको आयात

प्रत्येक महिना १ खर्ब बढीको व्यापारघाटामा नेपाल, ९ महिनामा ११ खर्ब ११ अर्बको आयात


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपालले अन्तरािष्ट्रय व्यापारमा प्रत्येक महिना १ खर्ब बढीको व्यापार घाटा बेहोरेको छ । चालु आर्थिक बर्षको ९ महिनामा नेपालले १० खर्ब १६ अर्ब रुपैयाँ बढीको व्यापारघाटा व्यहोरेको छ ।

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालको व्यापारघाटा यस अवधिमा गत बर्षको सोही अवधिको तुलनामा १२ दशमलव ४९ प्रतिशतले बढेको हो । सरकारले निर्यात व्यापार बढाएर आयात घटाउने बताइरहेपनि यो बर्षको ९ महिनामा १० खर्ब बढिको व्यापारघाटा भने चिन्ताजनक रुपमा बढेको हो ।

यस अवधिमा नेपालले आयातको व्यापार १३ प्रतिशतले बढाएको छ । गत बर्षको सोही अवधिमा ९ खर्ब ८२ अर्ब रुपैयाँ बराबरको मालसामान आयात गरेकोमा यो बर्ष बढेर ९ महिनामै ११ खर्ब ११ अर्ब ३९ करोड रुपैयाँ बराबरको मालसामान आयात भएको हो ।

यस्तै यस अवधिमा नेपालले गर्ने निर्यातको व्यापार पनि २० प्रतिशतले उकालो लागेको छ । भन्सार विभागका अनुसार पछिल्लो ९ महिनामा नेपालले ९४ अर्ब ७६ करोड रुपैयाँ बराबरको मालसामान निर्यात गरेको छ । गत बर्षको यही अवधिमा नेपालले ७८ अर्ब ८१ करोड रुपैयाँ बढिको माल सामान निर्यात गरेको थियो ।

विभागको तथ्यांकलाई हेर्दा नेपालको कुल वैदेशिक व्यापारमा आयातको व्यापारको हिस्सा ९२ दशमलव १४ प्रतिशत छ भने निर्यात व्यापारको हिस्सा ७ दशमलव ८६ प्रतिशत छ ।

प्रतिक्रिया दिनुहोस्
MBL