Logo

बुधबार थपिए २३ सय ५१ संक्रमित, काठमाडौंका १ हजार ५१ जनामा संक्रमण पुष्टि

बुधबार थपिए २३ सय ५१ संक्रमित, काठमाडौंका १ हजार ५१ जनामा संक्रमण पुष्टि



काठमाडौं । पछिल्लो २४ घण्टामा थप नेपालमा २ हजार ३ सय ५१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ८ हजार ८ सय ८४ नमुनाको पीसीआर परीक्षण गर्दा २ हजार २ सय २० र ८ सय ३ एन्टिजेन टेष्ट गर्दा १ सय ३१ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमध्ये १ हजार ५१ जना काठमाडौं उपत्यकाका छन् । काठमाडौंका ७ सय ८६, ललितपुरका १ सय ८१ र भक्तपुरका ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्