Logo

नेपालगन्जमा बुधबार रातिदेखि निशेधाज्ञा लागु, अत्यावश्यक बाहेकका सबै सेवा बन्द

नेपालगन्जमा बुधबार रातिदेखि निशेधाज्ञा लागु, अत्यावश्यक बाहेकका सबै सेवा बन्द



काठमाडौं । नेपालगन्जमा बुधबार रातीदेखि निशेधाज्ञा लागु हुने भएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले बुधबार राति १२ बजेदेखि नेपालगन्ज उपमहानगरपालिका क्षेत्रभित्र लकडाउनको घोषणा गरेको हो ।

प्रमुख जिल्ला अधिकारी शिवराम गेलालद्वारा जारी गरिएको आदेश अनुसार कोरोना संक्रमण तीव्र गतिमा फैलिएकाले त्यसको नियन्त्रणका लागि बुधबार राति १२ बजेदेखि १५ गते राति १२ बजेसम्म नेपालगन्ज उपमहानगरपालिका क्षेत्रभर अत्यावश्यक सेवाबाहेक निषेध गरिएको छ ।

आदेश अनुसार दैनिक उपभोग्य बस्तुहरु तरकारी, खाद्य, दूध, ग्यास पसल बिहान ६ देखि ९ बजेसम्म सञ्चालन हुने छन् । जसमा स्वास्थ्य, शान्ति सुरक्षा, विद्युत्, दूरसञ्चार, खानेपानी, फोहरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, तरकारी, खाद्य तथा दुग्ध पदार्थ, औषधि पसल, बैंकको एटीएमजस्ता अत्यावश्यक सेवाहरु एवं सार्वजनिक निर्माण कार्य, पूर्व निर्धारित परीक्षाहरु र हवाई सेवा सञ्चालन गर्न पाइने छन् । अत्यावश्यक सेवा र त्यसका लागि प्रयोग हुने सवारी साधनबाहेक अन्य सबै प्रकारका सेवा (बैंक तथा वित्तीय संस्थ समेत), सवारी साधन, पसल व्यवसाय सञ्चालन र अत्यावश्यक काम बाहेकको हिँडडुलमा समेत निषेध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्