Logo

मालाकारको नेतृत्वमा नेपाल-कुवेत उद्योग वाणिज्य संघको नयाँ कार्यसमिति चयन, कुबेती लगानी नेपाल भित्र्याउन पहल गरिने

मालाकारको नेतृत्वमा नेपाल-कुवेत उद्योग वाणिज्य संघको नयाँ कार्यसमिति चयन, कुबेती लगानी नेपाल भित्र्याउन पहल गरिने



काठमाडौँ । नेपाल कुवेत उद्योग वाणिज्य संघको अध्यक्षमा सुरेन्द्रवीर मालाकार चयन भएका छन् । नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनबाट सर्वसम्मत रुपमा मालाकार अध्यक्ष चयन भएका हुन् ।

संघको वरिष्ठ उवाध्यक्षमा पुष्पदाश श्रेष्ठ, उपाध्यक्षहरुमा मीनबहादुर गुरुङ, सकुन्तलाल हीराचन, कुशप्रसाद मल्ली, महासचिवमा रामराजा आचार्य, कोषाध्यक्षमा सुरेन्द्रकुमार श्रेष्ठ चयन भएका छन् । त्यसैगरी सचिवमा रामबहादुर श्रेष्ठ, सहकोषाध्यक्षमा रज्जु तण्डुकार, सदस्यहरुमा उर्मिला श्रेष्ठ, नारायनदेव राणा र रमेश महर्जन चयन भएका हुन्

विश्वको विकासित र सम्पन्न राष्ट्र कुवेत र प्राकृतिक श्रोतले सम्पन्न नेपालमा नेपाल सरकार, कुवेती सरकार, कुवेती निजी क्षेत्र र नेपाल उद्योग वाणिज्य महासंघसँगको सहकार्यमा लगानी भित्र्याउन पहल गरिने अध्यक्ष मालाकारले बताए । नेपाली वस्तुहरुको निर्यात प्रबर्द्धन गर्ने साथै पर्यटन प्रबर्द्धन गर्ने र दुई देशको प्रत्यक्ष हवाई सेवा विकास बिस्तार गर्नु पर्नेमा उनले जोड दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL