Logo

मंगलबार थप १७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि, १९३ जना बालबालिका पनि संक्रमित, ११ जनाको मृत्यु

मंगलबार थप १७ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि, १९३ जना बालबालिका पनि संक्रमित, ११ जनाको मृत्यु



काठमाडौं । मंगलबार मात्रै नेपालमा थप १ हजार ७ सय ३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ५५ जनाको पीसीआर परीक्षणमा १ हजार ६ सय ६७ र ६ सय ८३ एन्टिजेन परीक्षणमा ६९ गरी १ हजार ७ सय ३६ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै कोरोना भाइरस संक्रमणका कारण मंगलबार थप ११ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा २ सय ५१ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् ।

यस्तै मंगलबार थप १ सय ९३ जना बालबालिकामा समेत कोरोनो भाईरसको संक्रमण पुष्टि भएको छ । जसमा ० देखि ९ वर्ष उमेर समूहका ४३ बालबालिका र १० देखि १९ वर्ष उमेर समूहका १५० जना बालबालिका रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्