Logo

सुनको मूल्य घट्यो, प्रतितोला ९० हजार सात सयमा कारोबार हुँदै

सुनको मूल्य घट्यो, प्रतितोला ९० हजार सात सयमा कारोबार हुँदै



काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ३ सयले घटेर ९० हजार सात सयमा कारोबार भइरहेको छ ।

यसअघि सोमबार छापावाला सुन तोलाको ९१ हजारमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९० हजार दुई सय रहेको छ ।

त्यसैगरी आज चाँदीको मूल्य भने स्थिर रहदै प्रतितोला १३ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL