Logo

खेलकुद, क्लव, स्विमिङ पुल, सिनेमा हल बैशाख मसान्तसम्म बन्द, विवाह गर्न प्रमुख जिल्ला अधिकारीको स्विकृती लिनुपर्ने

खेलकुद, क्लव, स्विमिङ पुल, सिनेमा हल बैशाख मसान्तसम्म बन्द, विवाह गर्न प्रमुख जिल्ला अधिकारीको स्विकृती लिनुपर्ने



काठमाडौं । सरकारले मानिसहरु जम्मा हुनेगरी संचालनमा आउने विभिन्न व्यवसायहरुलाई आगामी बैशाख मसान्तसम्मका लागि बन्द गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद बैठकलले मानिसको भौतिक उपस्थित हुने खालका, क्लव, दोहोरी, मानिस जम्मा भई गरिने रंगशालाको खेल, हाटबजारलगायत बन्द गर्ने निर्णय गरेको हो । जसमा स्विमिङ पुल, जिमखाना, सिनेमा हल, क्लव, दोहोरीलगायत परेका छन ।

सोमबारको मन्त्रीपरिषदको बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता पार्वत गुरुङले नयाँ भेरियन्टको कोरोना भाईरसको महामारीको प्रकोप बढेसँगे यस्तो निर्णय गरेको बताएका हुन् । यस्तै उनले काठमाडौंलगायतका शहरी क्षेत्रका विद्यालयहरुलाई भौतिक रुपमा उपस्थित नगराई भर्चुअल माध्यमबाट संचालनमा ल्याउनेसमेत निर्णय भएको जानकारी दिएका छन् ।

उनले अब विवाह, व्रतबन्धलगायत धार्मिक कार्यका लागि पार्टी प्यालेस बुक गर्नेभए २५ जनाभन्दा बढि जम्मा नहुनेगरी सम्बन्धित प्रमुख जिल्ला अधिकारीको पूर्व स्विकृती लिनुपर्नेसमे जानकारी दिएका छन् । सरकारले यी निर्णयहरु संक्रामक रोग ृऐनको दफा २ मा टेकेर गरेको हो ।

यस्तो छ मन्त्रीपरिषद बैठकको पुर्ण निर्णय :

प्रतिक्रिया दिनुहोस्