Logo

सुनको मूल्य उकालो लाग्ने क्रम जारी, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य उकालो लाग्ने क्रम जारी, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । केही दिनयता निरन्तर उकालो लागेको सुनको मूल्य नेपाली बजारमा आज (सोमबार) पनि बढेको छ । आइतबार प्रतितोला ९० हजार ७०० सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ३०० रुपैयाँ बढेको हो ।

योसँगै आज प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ । त्यस्तै तेजाबी सुनको मूल्य ९० हजार ५०० रुपैयाँ रहेको छ ।

यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो आइतबार १३ सय रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज पनि सोही मूल्यमा कारोबार हुने महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL