Logo

एकैदिन १ हजार बढी जनालाई कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु

एकैदिन १ हजार बढी जनालाई कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार बढी जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आईतबार मात्रै नेपालभरी १ हजार ९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ५ हजार ८४ जनाको पीसीआर परीक्षणमा १ हजार १५ जना र ६ सय ९९ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८१ जना गरी १ हजार ९६ जना संत्रमित भेटिएका हुन् ।

संक्रमितमध्ये काठमाडौं जिल्लामा ३ सय २६, भक्तपुरमा ४५ र ललितपुरमा ६४ जना गरी उपत्यकामा मात्रै ४ सय ३५ संक्रमित भेटिएका छन् । यस्तै पछिल्लो २४ घण्टामा ४ जनाको मृत्‍यु भएको छ । मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २ सय ६२ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL