काठमाडौं । पेट्रो म्याक्सले भारतको लखनऊबाट हवाई इन्धन ल्याउने भएको छ । पेट्रो म्याक्सले आगामी शुक्रबार बिहान दश बजे पहिलो उडानमार्फतइन्धन ल्याउन लागेको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान तालिका मिलाउन समय लागेका कारण हवाई इन्धन आयातमा समय लागेको हो । यसअघि पेट्रो म्याक्सले बिहीवार साँझ हवाई इन्धन आयात गर्ने जानकारी दिएको थियो । सो कम्पनीले इथियोपियाको जहाज भाडामा लिएर लखनऊबाट हवाई इन्धन आयात गर्ने बताएको छ ।
नेपाल आयल निगम त्रिभुवन विमानस्थल स्रोतका अनुसार उडान तालिका तथा केही कागजात मिलाउन समय लागेका कारण पेट्रो म्याक्सले शुक्रबा इन्धन ल्याउन लागेको हो ।
नेपाल आयल निगमले हवाई इन्धन आयात गर्न पेट्रो म्याक्सलाई अनुमति दिएको थियो ।
नेपाल वायु सेवा निगमले भन्दा केही सस्तो मूल्यमा इन्धन आयात गर्ने प्रतिबद्धता पेट्रो म्याक्सले जनाएको छ । सो कम्पनीले चार लाख लिटर हवाई इन्धन आयात गर्नेछ । उक्त परिमाणको इन्धन आन्तरिक वायुसेवा सञ्चालनका लागि पर्याप्त हो ।