Logo

कल बाईपासमा संलग्न २ विदेशी नागरिक पक्राउ, अत्याधुनिक उपकरण बरामद

कल बाईपासमा संलग्न २ विदेशी नागरिक पक्राउ, अत्याधुनिक उपकरण बरामद



काठमाडौं । नेपाल प्रहरीले अबैध अन्तरराष्ट्रिय कल बाईपास (भीओआईपी) कार्यमा संलग्न २ जनालाई पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालय केन्द्रिय अनुसन्धान व्युरोको टोलीले काठमाडौंका विभिन्न स्थानमा कुनै निकायबाट अनुमति नलिईकनै अन्तरराष्ट्रिय आगमन कल बाईपास संचालन गर्ने भारतीय नागरिक राना शाह र नेपाली नागरिक स्यामुल खान भन्ने मोसलिम मियाँ अन्सारीलाई पक्राउ गरेको हो ।

जसमध्ये ३१ बर्षका राना शाह भारतको पञ्जाव राज्यस्थित जलान्धर जिल्ला सन्तोकपुरा १ का हुन भने ३३ बर्षिय मोसलिम मियाँ रौतहटको रमौली बेरिया गाविस वडा नम्बर ६ का हुन् । उनी बंगलादेशी मुलका नागरिक हुन् ।

प्रहरी अनुसन्धान व्युरोको टोलीले भीओआईपी संचालन भईरहेको गोप्य सूचनाको आधारमा अनुसन्धान गरेको थियो उनिहरुलाई दुवै जना चन्द्रागिरी नगरपालिकाको बसण्डोलबाट पक्राउ परेका हुन् । प्रहरीले दुईजनाबाट ल्यापटप, मोडियम, डेस्कपट स्विच, एडप्टरलगायत अत्याधुनिक उपकरणहरु बरामदसमेत गरेको छ । उनिहरु दुवैजनालाई हाल दूरसंचार ऐन २०५३ अन्तर्गत अनुसन्धानसमेत भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL