Logo

सुनको मूल्य बढ्यो, प्रतितोला ९० हजार ७ सयमा कारोबार हुँदैं

सुनको मूल्य बढ्यो, प्रतितोला ९० हजार ७ सयमा कारोबार हुँदैं



काठमाडौं । नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा २ सयले बढेर ९० हजार ७ सयमा कारोबार भइरहेको छ ।

यसअघि शुक्रबार छापावाला सुन तोलाको ९० हजार ५ सयमा कारोबार भएको थियो । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९० हजार २ सय रहेको छ ।

त्यसैगरी आज चाँदीको मूल्य भने स्थिर रहदै प्रतितोला १३ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL