काठमाडौं । केही समयदेखि लगातार वितरण गर्दै आएको नेपाल ग्याँसले आजदेखि रोकेको छ । हाल स्टकमा भएको ग्याँस रोकिएको र सीमानाकाबाट बुलेट नछुटेकाले आजदेखि वितरण कार्य रोकिएको कम्पनीले जानकारी दिएको छ ।
कम्पनीका अनुसार सीमानाकाबाट बुलेट नभित्रिएसम्म वितरण नगरिने भएको छ । हाल सीमानाकामा ८ बुलेटभन्दा बढी ग्याँस आएर वसेको समेत कम्पनीले जानकारी दिएको छ ।
कम्पनीले ७ दिनभन्दा बढी काठमाडौं उपत्यकामा लगातार ग्याँस वितरण गरेको थियो । सो अवधिमा १७ हजार सिलिण्डर ग्याँस वितरण गरेको कम्पनीले जानकारी दिएको छ ।
यता एचपी कम्नपीले भने राजधानीमा समान्य रुपमा वितरण गरिरहेको छ । एचपीले पनि अरु बुलेट ग्याँस नभित्रिएकाले केही दिनभित्रै वितरणकार्य रोकिने जानकारी दिएको छ ।
राजधानी वाहिर ग्याँस बोटलिङ गरेर ल्याउनु पर्ने केही कम्पनीहरुले भने ग्याँस भएपनि सुरक्षाका कारण देखाउँदै वितरण गरेका छैनन् । ग्याँस वितरणका लागि काठमाडौं ल्याउँदा स्थानीयले बीच बाटोमै रोक्न थालेपछि उनीहरुले रोकेका हुन् ।