Logo

लगानीकर्ताहरूसंग आवद्ध हुन इच्छुक स्टार्टअपहरूसंग एफएनसिसीआइले माग्यो आवेदन, यस्तो छ प्रक्रिया

लगानीकर्ताहरूसंग आवद्ध हुन इच्छुक स्टार्टअपहरूसंग एफएनसिसीआइले माग्यो आवेदन, यस्तो छ प्रक्रिया



काठमाडौंं । नेपाल उद्योग वाणिज्य महासंघको स्टार्टअप एण्ड इनोभेशन समितिले समितिको कार्ययोजना अनुसार मेन्टरसिप सहयोग सहित महासंघका लगानीकर्ताहरूसंग आवद्ध हुन इच्छुक उद्यमी (स्टार्टअप)हरूसंग शनिबारबाट आवेदन आव्हान गरेको छ ।

आवेदन सबै क्षेत्र (जस्तो कृषि, उत्पादनमुलक, सूचना प्रविधि, सेवा) का लागि खुला गरिएको छ । समितिले गएको चैत्र ९ गते एक पत्रकार सम्मेलन गरी यस विषयमा विस्तृत जानकारी गराएको थियो । आवेदन महासंघको वेभसाइट मार्फत प्राप्त गर्न सकिने छ ।

महासंघको स्टार्टअप एण्ड इनोभेशन समितिसंग आवद्ध रहेका लगानीकर्ताहरूको समूहमा रहेका लगानीकर्ताहरूको व्यावसायिक अभिरुचीलाई उद्यमीहरूको व्यवसायसंग मिलान गरी फलदायिक सहकार्यको लागि सहजीकरण गर्ने कार्यमा समितिले सहयोग गर्नेछ ।

नवप्रवर्तनीय वस्तु, सेवा वा प्लेटफर्मको परिवेश वा उपयोगमा सम्भाव्य व्यवसायिक मोडेलको स्थापना÷स्तरोन्नति गर्ने प्रक्रियामा रहेका उद्यम वा व्यवसायहरूको लागि यो आवेदन गरिएको हो ।

एक वर्षभन्दा बढी समय अघिदेखि संचालनमा आईरहेका र कम्तिमा पनि एक वर्षको लेखा परिक्षण प्रतिवेदन भएका, कानूनी रुपमा दर्ता व्यवसाय आवेदनका लागि योग्य मानिने छन् । आफ्नो व्यवसायमा सीप, ज्ञानको आधार र दह्रो प्रतिबद्घता प्रदर्शन गर्न सक्ने सशक्त समूहले यसमा आवेदन गर्न सक्नेछन् ।


आवेदनका साथ कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपि तथा कम्पनीको विधान (प्रबन्धपत्र, मेमोरेन्डम अफ एशोशिएसन , आर्टिकल अफ एशोशिएसन र सम्बन्धित अन्य रजिष्टेशनहरू, प्यान÷भ्याट दर्ता, कर चुक्ता प्रमाणपत्रहरू, कम्पनीको संचालक समितिको माइन्यूट, कम्पनीका प्रवद्र्धक-संस्थापकहरूको बायोडाटा लगायतका आवश्यक दस्तावेजहरू संलग्न हुनुपर्ने छ । महासंघको वेभसाइटको देहायको वेभपेजबाट अनलाइन आवेदन फारम लिङक प्राप्त गर्न सकिनेछ ।

https://fncci.org/news/detail.php?i=2958

प्रतिक्रिया दिनुहोस्
MBL