काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका ३ सहित १४ जिल्लालाई कोरोना संक्रमणबाट अति प्रभावित जिल्लाको सूचिमा राखेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दै काठमाडौं, भक्तपुर, ललितपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारालगायत जिल्लालाई अति संवेदनशिल जिल्लाको सूचिमा राखेको हो ।
मन्त्रालयले सूचनामार्फत उक्त जिल्लाहरुमा पछिल्लो समय कोरोनाको कहर बढ्दै गएकाले धेरै भिडभाड हुने स्थानमा मानिसहरुलाई नजान आग्रह गरेको छ । सिनेमा, विद्यालय, स्विमिङ पुल, डिस्को, बारलगायतका स्थानहरुमा नजान नागरिकहरुलाई आग्रह गरिएको हो । यस्तै उक्त जिल्लाहरुका अस्पतालहरुलाई पनि उपचारको उचित व्यवस्था मिलाउनका लागि बेडको तयारी गर्न निर्देशनसमेत दिईएको छ ।